५ कार्तिक २०८३, बिहिबार

पूर्व एकता केन्द्रले जन्मायो एमाओवादीमा अर्को गुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नो समूहको गोप्य भेलालाई सम्बोधन गर्दै अमिक शेरचन
आफ्नो समूहको गोप्य भेलालाई सम्बोधन गर्दै अमिक शेरचन

काठमाडौं, ५ भदौ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईको गुटगत संघर्ष चलिरहेकै बेला एमाओवादीमा अर्को गुट जन्मिएको छ।

पूर्व एकता केन्द्रबाट आएका नेताको एक समूहले शनिबार भेला गर्दै अध्यक्ष दाहालको नेतृत्वमा एमाओवादी अघि बढ्न नसक्ने निष्कर्ष निकालेको नागरिक दैनिकले समाचार छापेको छ ।

ताहाचलमा राज्य समितिस्तरीय भेला गर्दै उनीहरुले एमाओवादी कम्युनिस्ट पार्टी नरहेको र दाहालको नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने ठहर गरेका छन् ।

भेलामा अमिक शेरचन, लीलामणि पोखरेल, आहुति, प्रकाश पोखरेल, अञ्जना बिसंखे, विद्यार्थी नेता जागृत रायमाझीलगायत सयभन्दा बढीको सहभागिता थियो।

पार्टीमा भूमिकाविहीन बन्दै आएका शेरचनले नयाँ आन्दोलनका लागि भन्दै लामो समयदेखि पूर्व एकता केन्द्रका सदस्यलाई एकताबद्ध गर्ने प्रयास गरिरहेका थिए।

एमाओवादीमा आर्थिक अनियमितता छानबिन समितिमा समेत रहेका शेरचन आफ्नो प्रतिवेदन सार्वजनिक गर्न नपाउँदासमेत असन्तुष्ट बनेका थिए।

विगतका राजनीतिक घटनाक्रममा अग्रमोर्चामा रहेका शेरचन पछिल्लो समय एमाओवादीमा भूमिकाविहीन थिए।