५ कार्तिक २०८३, बिहिबार

प्रहरीले किन माग्यो वीस हजार थान लाठी र एक लाख सेल अश्रुग्यास ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Policeकाठमाडौं, ६ भदौ । नेपाल प्रहरीले १ लाख सेल अश्रुग्यास र २० हजार थान लाठी खरिद गर्न प्रस्ताव गरेको छ ।

आफ्ना माग पूरा गराउने नाममा विभिन्न राजनीतिक दल,जातीय,क्षेत्रीय तथा विभिन्न धार्मिक संघसंस्थाहरु तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरी प्रधान कार्यालयले भीड–दंगा नियन्त्रणका लागि करिब ३५ करोड रुपैयाँ बराबरको यी दंगा नियन्त्रण उपकरण मागेको हो ।

भीड, आन्दोलन नियन्त्रणबाहिर जाने स्थितिमा प्रहरीले प्रदर्शनकारी तितरबितर पार्न अश्रुग्यास प्रहार गर्छ ।

एउटा अश्रुग्यासको मूल्य २०-३५ अमेरिकी डलरसम्म पर्छ । यो करिब २१ सयदेखि ३७ सय रुपैयाँसम्म हो ।

भीड नियन्त्रण गर्न प्रहरीले प्रयोग गर्ने एउटा बेतको लाठीको मूल्य ३ देखि ४ सय रुपैयाँसम्म पर्ने समाचार कारोबार दैनिकले छापेको छ ।