९ कार्तिक २०८३, सोमबार

यी ६ सहरमा ‘रोयल ब्लु कमेडी उत्सव २०८३’ हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म विस्तार गर्ने उद्देश्यसहित ‘रोयल ब्लु कमेडी उत्सव २०८३’ आयोजना हुने भएको छ ।

ग्लेज इन्टरटेनमेन्टको आयोजनामा यही कात्तिक ११ गतेदेखि १९ गतेसम्म देशका ६ सहरमा उत्सव सञ्चालन हुन लागेको हो ।

उत्सवमा चर्चित हास्यकलाकारहरू सुमन कार्की, सुबोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्कीले दर्शकमाझ आफ्नो प्रस्तुति दिनेछन् ।

हास्य कलाकारहरूको प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कमेडी संस्कृतिलाई थप प्रवर्द्धन गर्ने आयोजकको लक्ष्य छ ।

देशका विभिन्न सहरमा प्रत्यक्ष हास्य मनोरञ्जनको अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको उत्सवले स्थानीय दर्शकलाई आफ्नै सहरमा चर्चित हास्यकलाकारहरूको प्रस्तुति हेर्ने अवसर प्रदान गर्नेछ । साथै, नेपाली हास्यकलाकार र दर्शकबीचको सम्बन्धलाई थप नजिक बनाउँदै प्रत्यक्ष मनोरञ्जनका कार्यक्रमप्रति आकर्षण बढाउने आयोजकको विश्वास छ ।

उत्सवलाई रोयल ब्लुले मुख्य प्रायोजन गरेको छ ।

ल्यामिनार टाइल्स पावर्ड बाई पार्टनरका रूपमा जोडिएको उत्सवमा नासा सेक्युरिटिज सहप्रायोजक तथा रेड बुल इनर्जी पार्टनरका रूपमा रहेका छन् ।

उत्सवको पहिलो कार्यक्रम कात्तिक ११ गते नेपालगञ्जस्थित लिला प्यालेसमा हुनेछ । त्यसपछि कात्तिक १३ गते बुटवलको होटल पौवामा, कात्तिक १४ गते चितवनको भरतपुरस्थित होटल पौवामा र कात्तिक १५ गते पोखराको सभागृहमा कार्यक्रम आयोजना गरिनेछ ।

त्यस्तै, कात्तिक १७ गते बर्दिबासस्थित गौतम होटलमा तथा अन्तिम कार्यक्रम कात्तिक १९ गते इटहरीको लायन्स कम्युनिटी हलमा हुनेछ ।

देशका ६ सहरमा आयोजना हुने यस उत्सवले नेपाली हास्य मनोरञ्जनलाई थप व्यापक बनाउनुका साथै प्रत्यक्ष प्रस्तुतिमार्फत कमेडी कार्यक्रमको बजार विस्तारमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।