५ कार्तिक २०८३, बिहिबार

चार विश्वविद्यालयमा उपकुलपति सिफारिस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Central-Office-Building-काठमाडौं, ६ भदौ । उपकुलपतिविहीन भएका मुलुका सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्तिका लागि शिक्षामन्त्री चित्रलेखा यादवको संयोजकत्वमा रहेको समितिले प्रधानमन्त्री सुशील कोइरालासँग सिफारिस गरेको छ ।

मुलुककै सबैभन्दा ठूलो र पूरानो त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर तीर्थ खनिया, पूर्वान्चलमा घनश्यामलाल दास, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला र सुदूरपश्चिमान्चलमा भूषण श्रेष्ठ उपकुलपतिमा सिफारिस भएका छन् ।

सिफारिस गरिएकाहरुमध्ये सबैलाई आइतबार नियुक्तिसम्बन्धी निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री कोइराला तथा समितिका संयोजक र सदस्यबीच उपकुलपति नियुक्तिको विषयमा शनिबार छलफल भएको थियो ।

छलफलका क्रममा सिफारिस समितिले नाम सिफारिस गरेको हो । २३ साउनदेखि सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् ।

सात विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति गर्न लागिएको स्रोतको दाबी छ । अहिले कांग्रेसको भागमा परेका विश्वविद्यालयका लागि नाम सिफारिस भएको स्रोतको भनाइ छ ।

बाँकी तीनमध्ये दुईवटा विश्वविद्यालयमा एमाले र एउटामा एमाओवादीनिकट प्राध्यापकलाई नियुक्त गर्ने सहमति भएको छ । तत्कालीन प्रधानमन्त्री तथा कुलपति झलनाथ खनालले २३ साउन ०६८ सातवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए ।

त्यसवेला चारवटा विश्वविद्यालयमा एमालेनिकट प्राध्यापकलाई उपकुलपति नियुक्ति गरिएको थियो ।

अहिले कांग्रेसको भागमा नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयसहित चारवटा विश्वविद्यालय परेको आजका पत्रपत्रिकामा समाचार छापिएका छन् ।