काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
८० वर्षीय लुलाले ५१.७५ प्रशितशत मत प्राप्त गरे भने उनका दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२५ प्रतिशत मत पाए ।
लुलाको यो जितले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र वामपन्थी नेतृत्वमै रहने निश्चित भएको छ ।
अक्टोबर ४ मा भएको मतगणनाको पहिलो चरणमा लुला फ्लाभियोभन्दा करिब २२ लाख मतले पछाडि थिए ।
त्यसपछि उनले आफ्नो चुनावी अभियानमा परिमार्जन गर्दै शृङ्खलाबद्ध चुनावी सभाहरू गर्दै अभूतपूर्व पुनरागमन गरेका हुन् ।
निर्वाचन निकायले आधिकारिक रूपमा लुलाको जित पुष्टि गर्नुअघि नै जनमत सर्वेक्षण संस्था डाटाफोल्हाले उनको जित हुने प्रक्षेपण गरेको थियो ।
राष्ट्रपतीय निर्वाचनमा लुलाको यो चौथो जित हो ।
लुला यसअघि जनवरी २००३ देखि डिसेम्बर २०१० सम्म दुई कार्यकाल राष्ट्रपति रहिसकेका थिए भने जनवरी २०२३ देखि राष्ट्रपति पदमा छन् ।















प्रतिक्रिया