८ कार्तिक २०८३, आइतबार

स्वर्णिम वाग्लेको अभिव्यक्तिको बचाउ गर्दै रास्वपा सांसदले भने– मन्तव्य सुझबुझपूर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण रहेको दाबी गरेका छन् ।

रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको भनाइ सुझबुझका साथ आएको बताएका हुन् ।

उनले अर्थमन्त्रीको भनाइलाई अनावश्यक रूपमा टीकाटिप्पणी गर्नुपर्ने जरुरत नभएको धारणा राखे ।

उनले सरकारले आफ्नो कार्यकालको ६ महिना पार गरिसकेको सन्दर्भ उल्लेख गर्दै वर्तमानको मुख्य चुनौती महँगी नियन्त्रण रहेको बताए ।

सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने र महँगी नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनले बताए ।

सांसद भण्डारीले वर्तमान सरकारको पाँच वर्षे कार्यकाल रहेको स्पष्ट पार्दै पाँच वर्षमा जनअपेक्षा पूरा गरेरै छाड्ने जिकिर गरे ।