८ कार्तिक २०८३, आइतबार

फ्रान्समा महँगीविरुद्ध लाखौं नागरिक सडकमा : प्रहरीद्वारा अश्रुग्यास प्रहार, १ हजार जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्समा शनिबार लाखौं मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको कठोर कार्यशैलीको विरोधमा सडकमा उत्रिएका छन् ।

पेरिस लगायतका ठूला सहरहरूमा प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रदर्शनको अन्त्यतिर पेरिसमा प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठी र अश्रुग्यासको प्रयोग गर्‍यो ।

गृह मन्त्रालयका अनुसार, देशभरिबाट करिब १ हजार जनालाई पक्राउ गरिएको छ ।

सरकारी तथ्याङ्क अनुसार, विरोध प्रदर्शनमा करिब ४ लाख मानिसहरू सहभागी थिए ।

ट्रेड युनियनहरूले भने ८ लाख मानिसहरू सहभागी भएको दाबी गरेका छन् ।