– महेश केसी
रुकुम, ५ भदौ । अखण्ड रुकुमको माग राख्दै सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।
रुकुम जिल्लाको सिंगो भाग मध्य पुर्वको भाग प्रदेश नं. ५ मा र पश्चिमको भाग प्रदेश नं. ६ मा राखेर जिल्लाको अस्तित्व संकटमा परेको र पछिल्लो पटक एक प्रदेश थपेर सात प्रदेश बनाउदा पनि रुकुमेलीको माग संवोधन नभएको भन्दै सिंगो रुकुम जिल्लालाई ५ नं. प्रदशेमा कायम गर्नुपर्ने माग सहित गत साउन २४ गते देखी चलेको आन्दोलन तथा विरोधलाई शशक्त बनाउन भन्दै आज शनिवार साँझ सदरमुकाम मुसिकोट खलंगामा रहेका घर–घरमा मसाल निकाली विरोध गरिएको छ । भने हजारौं युवाले मसाल सहित सदरमुकाम र आसपासका स्थानहरुमा निकै ठूलो प्रर्दशन गरेका छन् ।
‘जिल्ला टुक्राउन पाईदैन, स्वार्थी राजनीति चाँहिदैन’ ‘नेताहरु होसियार ।’ ‘नागरिक आन्दोलन जारी छ ।’ ‘हाम्रो जिल्ला फिर्ता दे ।’ जस्ता दर्जनौं नाराहरु लगाउदै हातमा मसाल समातेर युवा तथा महिलाहरु प्रदर्शनमा उत्रेपछी एकचोटी सदरमुकाम नै आगो–आगो भएको थियो भने निकै लामो समयसम्म घर–घरका छतहरुमा मसाल बलेको देख्न सकिन्थ्यो ।
आफूहरुको एक सुत्रीय मागको सम्वोधन नगरी रुकुमेली जनताहरुको जनभावना र जनचाहनाको अपमान भएको भन्दै एकीकृत रुकुम संयुक्त संघर्ष समितिका अनुसार यो मसाल जुलुस चेतावनी मात्र भएको र अब यसपछी ४८ घण्टे अल्टिमेटम सहित रुकुम जिल्लामा रहेका उद्योग, व्यापार, कल–कारखाना, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु र यातायात पुर्ण रुपमा ठप्प पारी आम हड्तालमा उत्रिने बताएका छन् ।
आफूहरुले दिएको ४८ घण्टा भित्र पनि माग पुरा नभए आन्दोलनलाई थप शशक्त र प्रभावकारी बनाउदै लैजाने र कुनैपनि हालतमा विरोधको कार्यक्रम फिर्ता नलिने संघर्ष समितिले जनाएको छ ।















प्रतिक्रिया