८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४७० जनालाई कारबाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९९, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्र गतिमा ११५, हर्न निषेधमा ९, लेन क्रसमा २ एकतर्फीमा ७ र अन्यमा १६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।