८ कार्तिक २०८३, आइतबार

जापानमा शक्तिशाली भूकम्पको धक्का

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

जापानको बोनिन टापु क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार आइतबार बिहान बोनिन टापु क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

जापानमा पछिल्लो १० महिना (सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म)को अवधिमा धेरै ठूला तथा मध्यम तीव्रताका भूकम्पहरू रेकर्ड गरिएका छन् । जापानमा वार्षिक रूपमा विभिन्न तीव्रताका करिब १ हजार ५०० वटा भूकम्पहरू जाने गर्दछ ।

जापानमा पछिल्लोपटक २४ जुन, २०२६ मा उत्तरी तट (इवातेको पूर्वी तट) बाहिर ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यसैबीच, शनिबार भानुआटु टापुमा पनि शक्तिशाली धक्का महसुस गरिएको थियो, यसको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ । भानुआटु दक्षिण प्रशान्त महासागरमा अवस्थित एक टापु राष्ट्र हो ।