७ कार्तिक २०८३, शनिबार

घरनजिकै खेलिरहेका ६ वर्षीय बालकको ढुङ्गा प्रहारबाट मृत्यु, एक जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।

बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासी बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए । आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् ।

घटनालगत्तै ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।