७ कार्तिक २०८३, शनिबार

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक हो ।

टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि टोलीमा अटाएका छन् ।

टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुने जनाएको छ ।

बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तिम टोलीमा समावेश गरिनेछ ।