५ कार्तिक २०८३, बिहिबार

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी, काठमाडौंमा बढ्दैछ चहलपहल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन बिहीबार पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउनेक्रम पूर्णिमासम्म निरन्तर चलिरहन्छ ।

मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्दछन् ।

आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानी काठमाडौंमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।

निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् ।

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम भने अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ ।