५ कार्तिक २०८३, बिहिबार

अम्बे स्टिलको फर्नेस तेल ट्यांकीमा आगलागी, १ करोड ५६ लाख बराबरको क्षति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहीबार बिहान करिब १ः३० बजे उद्योगभित्र रहेको फर्नेस आयल (फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने तेल)को ट्यांकीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्यांकी २ लाख लिटर क्षमताको रहेको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र दमकलको संयुक्त प्रयासमा बिहान करिब २ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

समयमै आगो नियन्त्रणमा लिइएका कारण उद्योगमा थप क्षति हुन पाएन भने घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुमानअनुसार १ करोड ५६ लाख बराबरको भौतिक क्षति देखिए पनि घटनाको वास्तविक कारण र क्षतिको पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।