४ कार्तिक २०८३, बुधबार

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खनालको सचिवालयका अनुसार उनी बुधबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

सचिवालयले खनालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी घरमै आराम गरिरहेको जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार उनलाई अस्पताल लगिएको थियो ।