४ कार्तिक २०८३, बुधबार

वीरगञ्जको क्यासिनोमा प्रहरीको छापा, एक कर्मचारीसहित ५ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको एक क्यासिनोमा दोस्रोपटक छापामारी गरेर चार नेपाली र एक कर्मचारीसहित पाँच जना पक्राउ गरेको छ ।

गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा पाँच जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का ५० वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद तथा रौतहटको बौधिमाई नगरपालिका–९ का सुमेश्वर जैसवाल रहेका छन् ।

छापामारीको क्रममा प्रहरीले क्यासिनोमा कार्यरत एक जना कर्मचारीलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने कर्मचारी बाराको परवानीपुर गाउँपालिकाका सुनिल पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छापामारीका क्रममा पक्राउ पर्नेहरुबाट नगद, क्यासिनोमा प्रयोग हुने क्वाइन, मोबाइल फोन लगायतका सामग्री समेत बरामद गरिएको छ ।

क्यासिनोमा नेपाली नागरिकले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले बताए ।