काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
बुधबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।















प्रतिक्रिया