२ कार्तिक २०८३, सोमबार

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

सोमबार दिउँसो काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे र २४ वर्षीय रामचन्द्रले त्रिशूली किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए । उनीहरू ज्यामिरेघाटस्थित एउटा घरमा कोठा भाडामा बस्दै आएका छन् ।

उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवैजनालाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।