३० आश्विन २०८३, शुक्रबार

अनुलाई झ्याई पार्ने पलको चाहना (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anu and Paul

काठमाडौं । विवाह गर्नका लागि कुनै एक युवतीलाई फकाउन कम सास्ती पर्दैन् । अहिले मोडल पल शाहलाई यस्तै सास्ती परेको छ ।

आफुले मनपराएकी केटी मोडल अनु शाहलाई फकाउन उनले अनेक कुरा गरिरहनु परेको छ । उनको उद्देश्य हुन्छ, अनुलाई फकाउने पनि झ्याई नै पार्ने ।

गायक सुमन श्रेष्ठ‘संगम’को शब्द र स्वरमा रहेको गीत ‘झ्याई पार्ने’को भिडियोमा दर्शकले पलले अनुलाई फकाउन गरेको चर्तिकला हेर्न पाउँछन् । गायकको दोस्रो एल्बम ‘दृश्य’मा समेटिएको यो गीतमा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत छ । केदार धितालले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र निशान्त घिमिरेको सम्पादन छ ।

पेशाले इञ्जिनियर गायक सुमनले झण्डै दुई वर्ष अघि केदारकै निर्देशनमा ‘एक नजर तिमीले के हेर्‍यौ’ बोलको गीतको भिडियो बनाएका थिए । सुमनको पहिलो एल्बम ‘सुमन’ नै हो ।

Anu and Paul 1  Anu Shah Paul anu