१ कार्तिक २०८३, आइतबार

सुनकोशीमा यात्रुवाहक सुमो खस्यो : तीन जनाको मृत्यु, ४ जना घाइते

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंबाट खोटाङतर्फजाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् ।

आइतबार बिहान साढे २ बजे सिन्धुलीको फिकल गाउँपलिका–६ मा गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

को. १ ज २९७६ नम्बरको सुमो गाडीमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

चार जनाको उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।