काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी बिमल घर्तीमगरले फुटबल करियर टुंग्याएको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो फुटबल यात्रा टुंग्याएको जानकारी गराएका हुन् ।
बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको उल्लेख गर्दै बिमलले देशका लागि मनैदेखि खेलेको र फुटबललाई आफ्नो सबैथोक दिएको उल्लेख गरेका छन् ।
‘आज यो निर्णय लिँदा म निकै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीसम्म टुंग्याएको छु । सबैलाई धन्यवाद’ बिमलले लेखेका छन् ।
२८ वर्षीय बिमल केही समयअघि अष्ट्रेलिया गएका थिए ।















प्रतिक्रिया