३० आश्विन २०८३, शुक्रबार

एनपीएललाई आईसीसीले दियो औपचारिक स्वीकृति, विदेशी खेलाडीको अनुबन्ध गर्ने बाटो खुल्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विदेशी खेलाडी सहभागितासम्बन्धी अन्योल हटेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट आधिकारिक स्वीकृति पाएको हो ।

क्यानले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार आईसीसीको स्वीकृतिसँगै एनपीएलका फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडी अनुबन्ध गर्न थप सहज भएको छ।

यसअघि आईसीसीको अनुमति सीमित भएकाले टेस्ट राष्ट्रका निश्चित संख्याका खेलाडी मात्र एनपीएलमा सहभागी गराउन सकिने अवस्था थियो। पछिल्लो स्वीकृतिपछि भने विदेशी खेलाडी अनुबन्धमा लगाइएको उक्त सीमा हटेको क्यानले जनाएको छ।

आईसीसीको स्वीकृतिको प्रतीक्षामा रहेका फ्रेन्चाइज टोलीहरूले यसअघि नै विभिन्न विदेशी खेलाडीसँग सम्पर्क र सम्झौता अघि बढाइरहेका थिए। क्यानका सचिव पारस खड्काले अक्टोबरको पहिलो साता स्वीकृति आएपछि मात्रै बाँकी विदेशी खेलाडी सार्वजनिक गर्न सकिने बताएका थिए।