३० आश्विन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ ममाछापुच्छ्रे बैंकले सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटसँग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले युके, जापान, दक्षिण कोरिया लगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाइटेड रेमिटसँग सहकार्य गरी विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो । सम्झौतापछि विभिन्न देशमा रहेका युनाइटेड रेमिटको प्रतिनिधि कार्यालयहरुबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १५६ वटा शाखाहरु, शाखारहित बैंकिङ सेवा र तथा एक्सटेन्सन काउण्टरमार्फत नेपालभरी सजिलै भुक्तानी लिन सकिनेछ ।

सम्झौतापत्रमा युनाइटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदनसिं सिलवाल र माछापुच्छ्रे बैंकको तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका छन् ।

स्थापना कालदेखि नै नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम तथा हिमालदेखि पहाड र तराईसम्म आफ्ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरुमार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।