
कपिलवस्तु, ५ भदौ । सीमांकनको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयले बनाएको निषेधित क्षेत्र तोडदै जुलुस निकालेका छन् ।
कपिलबस्तुको सदरमुकाम तौलिहवा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको लु १ ब ४८४८ नं. को कार्यालयमा राखिएको गाडीमा अगजनी गरिएको छ । त्यसै क्रममा बन्दको अवाज्ञा गरेको भन्दै कपिलवस्तुको शिवराज नगरपालिका रुद्रपुर चोकमा मधेशी अन्दोलनकारीद्धारा एक बोलेरो गाडीमा आगजानी गरेका छन् ।
मधेशी मोर्चाका कार्यकर्ताहरुले कृष्णनगरवाट चन्द्रौटा आउदै गरेको बा ९ च ७९४१ नम्बरको बोलेरो माथि तोडफोड गरि आगजनी गरेको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया