काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा ओरालो लागेको छ ।
मंगलबार सुनको मूल्य तोलामा दुई हजार दुई सय र चाँदी ६० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा ६० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया