१२ मंसिर २०८३, शनिबार

भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको प्रमुख विपक्षी दल कांग्रेससहितको विपक्षी दलहरुले सोमबार राजधानी नयाँ दिल्लीको बाराखम्बा रोडदेखि सर्वोच्च अदालतसम्म विरोध प्रदर्शन र्‍याली निकालेको छ ।

हजारौंको संख्याको जुलुसमा विपक्षी दलका नेताहरु राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खर्गे, अखिलेश यादव र तेजस्वी यादव लगायत गठबन्धनका प्रमुख नेताहरू सहभागी थिए ।

र्‍यालीपछि सांसद राहुल गान्धीको कानुनी टोलीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र आयोगको मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियामा भएको भनिएको अनियमितताविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

सर्वोच्च अदालतले भोलि निवेदनमा सुनुवाइ गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मतदाता नामावलीको एसआईआरका क्रममा ठूलो संख्यामा मतदाताका नाम हटाइएको र अनियमितता भएको दाबी विपक्षी दलहरुको छ ।