काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सोमबार कास्कीको पोखरामा सम्पन्न भएको छ ।
साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।
साधारणसभाबाट विकास बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित भएको छ ।
हाल विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।
गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरु, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।











प्रतिक्रिया