२८ आश्विन २०८३, बुधबार

सुनको मूल्य तोलामा २१ सयले घट्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँ कारोबार भएको थियो ।