२८ आश्विन २०८३, बुधबार

पुल भत्किँदा एक बालकको मृत्यु, ४ जनाको अवस्था चिन्ताजनक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । भारतको बिहारस्थित मोतिहारीमा अंग्रेजको पालामा निर्माण भएको पुरानो पुल अचानक भत्किँदा एक बालकको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको बताइएको छ ।

प्राप्त विवरणअनुसार पुल अचानक भत्किएपछि त्यसको भग्नावशेषमा केही व्यक्ति पुरिएको आशंका गरिएको छ । घटनामा १३ वर्षीय बालकको मृत्यु भएको जनाइएको छ ।

दुर्घटनालगत्तै स्थानीय बासिन्दा तथा प्रशासनको टोली घटनास्थलमा पुगेका थिए । भग्नावशेषमा पुरिएका व्यक्तिको उद्धारका लागि खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ ।

पुरानो पुल अचानक भत्किएपछि घटनास्थलमा अफरातफरी मच्चिएको छ ।

घटनाबाट प्रभावित परिवार शोकमा डुबेका छन् भने स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।

प्रशासनिक अधिकारीहरू घटनास्थलमा खटिएर उद्धार कार्यको निगरानी गरिरहेका छन् । घटनाको विस्तृत विवरण, पुल भत्किनुको कारण तथा क्षतिको यकिन विवरण आउन बाँकी छ ।