२८ आश्विन २०८३, बुधबार

संविधान र लोकतन्त्रको रक्षाको लागि जुटौँ : एमाले नेता राना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय सदस्य मकवानपुर इन्चार्ज रामेश्वर रानाले संविधान र लोकतन्त्र रक्षाको लागि सबै एकजुट हुनपर्ने बताएका छन् ।

एमाले हेटौंडा ९ नम्बर वडा कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै रानाले निर्वाचनबाट आएको सरकार भए पनि बालेन्द्र सरकारको क्रियाकलाप स्वेच्छाचारी र मुलुकलाई अराजकतातर्फ धकल्ने रहेको दाबी गरे । सामुदायिक संघसंगठन, प्रतिबन्ध लगाउन खोज्नु, विनाप्रमाण जथाभाबी धरपडक गर्नु र लोकतन्त्रमा दलहरूलाई अनाधार गर्नु यसको प्रमाण रहेको उनले बताए ।

उनले एमालेले युवा समुदायलाई विगतदेखि नै प्राथमिकता दिँदै आएकाले युवाको माग र मुद्दा सम्बोधन गर्न, राजकीय, पार्टी कमिटी र नेतृत्वमा युवालाई प्राथमिकता दिँदै आएको बताए ।

रानाले वडा र युवालाई पार्टी कामको केन्द्रविन्दु बनाउन आग्रह गर्दै जनताको सुखदुःखमा सधै पार्टी साथमा रहिरहने बताए ।

वडा अध्यक्ष वाशुदेव प्याकुरेलको अध्यक्षता सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटी सदस्यहरू रघुनाथ खुलाल, रामचन्द्र राई, गीता कार्की, सुमित्रा काफ्ले लगायत जिल्ला, नगर र वडाका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको वडा सचिव सञ्जय अर्यालले जानकारी दिए ।