– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ४ भदौ । बैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा परि बाँचेकाहरु र उनीहरुलाई बचाउने ब्यक्तिहरुमा आधारित ‘भाग्यले बाँचेकाहरु’ नामक बृतचित्र सुदूरपश्चिममा पहिलो पटक शुक्रबार डडेल्धुरामा प्रर्दशन गरिएको छ ।
युवा पत्रकार गणेश पाण्डेद्धारा निर्देशित बृत्तचित्र भाग्यले बाँचेकाहरुको प्रदर्शन कार्यक्रमा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बृतचित्र भाग्यले बाँचेकाहरु हेरी सकेपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले यो बृतचित्रले नेपालमा आएको विनाशकारी भूकम्पका बारेमा आउदो पुस्तालाई समेत ईतिहासको रुपमा काम गर्ने र भूकम्पले आफैले विनाश नगरि मानवद्धारा निर्मित संरचनाले मानवीय क्षति निम्त्याउने गरेको हुँदा भूकम्पबाट बच्नका लागि निर्माण गरिने संरचनामा ध्यान पुर्याउनु पर्ने सन्देश समेत प्रवाह गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी लुईटेलले आउने पुस्ताले २०७२ साल बैशाख १२ गतेको महाभूकम्पलाई सम्झँदा युवा पत्रकार गणेश पाण्डेलाई समेत सम्झिराख्ने ईतिहास बृतचित्रले बताएको भन्दै बृतचित्रका निर्देशक पाण्डेको प्रशंसा समेत गरेका थिए ।















प्रतिक्रिया