२८ आश्विन २०८३, बुधबार

सडक दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमानसहित ३ जना गम्भीर घाइते

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने उनका श्रीमानसहित तीन जना घाइते भएका छन् ।

शनिबार साँझ सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकमा भएको दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ निवासी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार साँझ पौने ७ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशामा गुडिरहेको साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकल चालक ४० वर्षीय सबु मोहम्द र उनकी श्रीमती रिजवना घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकी रिजवनालाई चिकित्सकले साँझ सवा ७ बजे मृत घोषणा गरेका थिए ।

टाउको र निधारमा चोट लागेका सबुको कलैयामा प्रारम्भिक उपचारपछि राति सवा ९ बजे थप उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र पछाडि सवार २२ वर्षीय विवेक महतो समेत घाइते भएका छन् । दुवैको टाउको, नाक र कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पनि थप उपचारका लागि नारायणी न्युरो अस्पताल पठाइएको छ ।

घटनापछि प्रहरी चौकी कचोर्वा र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी टोली खटिएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।