२८ आश्विन २०८३, बुधबार

साउदी अरबको विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु , ३०० बढी घाइते

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार क्षेप्यास्त्र आक्रमण भएको छ ।

हमलामा परी १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार हमलामा चार साउदी, दुई बंगलादेशी, अमेरिका, प्यालेस्टाइन, इजिप्ट, जोर्डन, सिरिया र सुडानका एकएक जना नागरिकको मृत्यु भएको छ ।

आक्रमणपछि विमानस्थल खाली गराएर उडानहरू स्थगित गरिएको छ ।

पछिल्लो २४ घण्टामा रियाद विमानस्थलका कम्तिमा २२५ उडानहरू रद्द गरिएका छन् ।

यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

पछिल्लो २० दिनमा रियाद विमानस्थलमा भएको यो चौथो आक्रमण हो ।