गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको सोतीमा रहेको मोटरेबल पुल बगाएको छ ।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले सोतीस्थित मोटरेबल पुल बगाएको हो ।
यस्तै, सोती बजार क्षेत्र डुबानमा परे पनि त्यहाँका घरहरू भने बगिनसकेको उनले बताएका छन् । उनका अनुसार बुढीगण्डकीको माथिल्लो क्षेत्रमा पर्ने जगत र बगरतिर भने बाढीले घर समेत बगाएको छ ।
अध्यक्ष गुरुङले बाढीको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन् ।













प्रतिक्रिया