काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत आज नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमेरात स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालको हाल ३२ खेलमा २४ अंकसहित तालिकामा सातौं स्थानमा रहेको छ । क्यानडाले ३३ खेलबाट २५ अंक जोडेको छ ।
सिरिजको पहिलो खेलमा शुक्रबार ओमानले क्यानडालाई पराजित गरेको छ ।
नेपालले अर्को खेल अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छ ।
नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।











प्रतिक्रिया