गोरखा । बुढीगण्डकी नदीमा आइतबार बिहानै ठूलो बाढी आएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछिसँगै तटीय क्षेत्रका बासिन्दा घर छाडेर भागेका छन् ।
बुढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङले जानकारी दिएकी छन् ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।











प्रतिक्रिया