२८ आश्विन २०८३, बुधबार

‘तेस्रो पक्कु फेस्टिभल’ आजदेखि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन र ब्रान्डिङ गर्ने उद्देश्यसहित प्रेसिडेन्ट बिजनेस ग्रुपले आजदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्दैछ ।

आजदेखि देखि असोज २९ गतेसम्म पाँच दिन सञ्चालन हुने फेस्टिभलमा पक्कुसहित विभिन्न नेपाली परिकार प्रस्तुत गरिने ग्रुपले जनाएको छ ।

काठमाडौंको सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटहरूमा फेस्टिभल आयोजना हुनेछ । यसका साथै भैरहवामा हुने फुड फेस्टिभलमार्फत पनि पक्कुको प्रवर्द्धन गरिने ग्रुपले जनाएको छ ।

पुस्तौँदेखि नेपाली सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएको पक्कुलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुनामाझ परिचित गराउने उद्देश्यले समूहले विगत तीन वर्षदेखि फेस्टिभल आयोजना गर्दै आएको छ ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका अनुसार पक्कु फेस्टिभल खानाको उत्सवमा मात्र सीमित नभई नेपाली मौलिक परिकारको पहिचान स्थापित गर्ने, परम्परागत पाककला संरक्षण गर्ने र नेपाली खानालाई पर्यटनसँग जोड्ने अभियान हो । नेपाली खानाको व्यवस्थित ब्रान्डिङले स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने ग्रुपको विश्वास छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गत हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

ग्रुपले आगामी दिनमा रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा नयाँ आउटलेट सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

नेपाली मौलिक खानालाई गुणस्तरीय सेवा, स्वच्छता र आधुनिक प्रस्तुतिसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्यसहित पक्कु फेस्टिभललाई निरन्तरता दिइने ग्रुपले जनाएको छ ।