काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी)ले भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आज दिनभर राजधानी नयाँ दिल्लीको विभिन्न स्थानमा विरोध प्रदर्शन गर्यो ।
प्रदर्शनलाई रोक्न दिल्ली प्रहरीले गएरातिदेखि सीजेपीका प्रमुख नेतादेखि समर्थकहरुलाई समेत नियन्त्रणमा लिएको थियो ।
यसक्रममा प्रहरीले ७ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइसकेको छ ।
यसैबीच, सीजेपीले केन्द्र सरकारबाट आफू नडराउने बताएको छ । उसले आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।
शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सीजेपी नेता अजिंक्य शिन्देले पार्टीका कार्यकर्ता र प्रदर्शनकारीहरूले भोलि आइतबार पुनः जन्तर मन्तरतर्फ आन्दोलन गर्ने बताए ।
उनले ज्ञानेश कुमारले राजीनामा नदिएसम्म विरोध प्रदर्शन जारी रहने बताए ।
यसैबीच, विरोध प्रदर्शनका क्रममा पक्राउ परेका पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल रिहा भएका छन् ।











प्रतिक्रिया