२८ आश्विन २०८३, बुधबार

दिल्ली आन्दोलन : अहिलेसम्म ३५ सय बढी पक्राउ, जन्तर–मन्तर प्रवेश गर्ने सीजेपीको प्रयास जारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै राजधानी नयाँ दिल्लीमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म दिल्ली प्रहरीले ३ हजार ५ सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

कक्रोच जनता पार्टी (सीजेपी)ले शनिबार गरेको प्रदर्शनमा प्रहरीले सीजेपीका प्रमुख अभिजीत दीपकेसहित आशुतोष रान्का र सौरभ दासलाई बिहानै पक्राउ गरेको थियो ।

त्यस आन्दोलनलाई समर्थन गर्दै त्यहाँ पुगेका विपक्षी दलका नेताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आन्दोलनमा सहभागी हुन त्यसतर्फ जान लागेका पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

दिल्ली प्रहरीले व्यापक धरपकड गर्दै सीजेपीका प्रदर्शनकारीहरूलाई साँझसम्म जन्तर–मन्तर प्रवेश गर्न दिएको छैन ।

पार्टीले बिहान १० बजे जन्तर–मन्तरमा विरोध प्रदर्शनको आह्वान गरेको थियो ।

समर्थकहरू उक्त स्थानसम्म पुग्ने प्रयास गरे पनि विभिन्न ठाउँमा गरिएको तीनदेखि पाँच तहसम्मको ब्यारिकेडिङका कारण उनीहरूलाई अघि बढ्नबाट प्रहरीले रोकिरहेको छ ।

सीजेपीका प्रदर्शनकारीहरुले जन्तर–मन्तर प्रवेश गर्ने प्रयास जारी राखेका छन् ।