२८ आश्विन २०८३, बुधबार

सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा हिँड्न खोज्दै छ : महासचिव पोखरेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको बताएका छन् ।

एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा अयाोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको बताएका हुन् ।

महासचिव पोखरेलले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य राजनीतिक दलहरुको भएको धारणा राखे । छिमेकीहरूसँगको सम्बन्धलाई असुरक्षित र असंस्कृत बनाएर सरकार अगाडि बढेमा त्यसको असर देशको सार्वभौमसत्ता र अस्मितामा पर्ने समेत उनले बताए ।

महासचिव पोखरेलले पार्टीलाई जनतासँग जोड्नका लागि विगतमा भएका कमकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।