काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी)को शान्तिपूर्ण विरोध प्रदर्शनलाई नरेन्द्र मोदी सरकारले दबाउन खोजेको भन्दै भारतको प्रमुख विपक्षी दल कांग्रेस नेता राहुल गान्धी आक्रोशित बनेका छन् ।
उनले सामाजिक सञ्जालमा छोटो टिप्पणी लेख्दै छिट्टै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र मोदी सरकार पनि गिर्नेछ भनेका हुन् । त्यसपछि लोकतन्त्रमा सुधार गर्ने काम सुरु हुने उनको भनाई छ ।
गान्धीले लेखेका छन्–
ज्ञानेश कुमार जानेछन् ।
यो सरकार जानेछ ।
त्यसपछि लोकतन्त्रको पुनर्निर्माण सुरु हुनेछ ।
सीजेपीले आज राजधानी नयाँ दिल्लीमा गर्न लागेको प्रदर्शन रोक्न दिल्ली प्रहरीले त्यसका संस्थापक अभिजीत दीपके, आन्दोलनलाई समर्थन गर्न दिल्ली आइपुगेका चर्चित युट्युबर ध्रुव राठी लगायत ६०० जनालाई नियन्त्रणमा लिइसकेको छ ।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै आएको छ ।











प्रतिक्रिया