२८ आश्विन २०८३, बुधबार

दिल्लीमा सीजेपीको विरोध प्रदर्शनलाई आपको समर्थन, जन्तर–मन्तरमा भेला हुन आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी)ले आज राजधानी नयाँ दिल्लीमा गर्न लागेको बृहत् विरोध प्रदर्शनलाई आम आदमी पार्टी (आप)ले समर्थन गरेको छ ।

आम आदमीका सांसद सञ्जय सिंहले सीजेपीको विरोध प्रदर्शनलाई पार्टीले समर्थन गरिरहेको बताएका छन् ।

एएनआईसँगको कुराकानीमा उनले पार्टीका प्रमुख अरविन्द केजरीवालले पनि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जन्तर–मन्तरमा भेला हुन आह्वान गरेको उल्लेख गरे ।

उनले कारबाहीको जोखिम भए पनि आफूहरू उक्त विरोध प्रदर्शनमा सहभागी हुने स्पष्ट पारे ।

सिंहले दिल्लीको सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकारको आलोचना गरे । उनले एक व्यक्तिको सुरक्षाका नाममा पूरै सहरलाई छाउनीमा परिणत गरिएको टिप्पणी गरे ।

सिंहले दिल्ली ठप्प पारिएको र राजधानीतर्फ आउने रेलहरू रोकिएको बताए ।

वर्तमान परिस्थितिलाई संकटकाल (इमर्जेन्सी)सँग तुलना गर्दै उनले त्यतिबेलाको भन्दा अहिलेको अवस्था अझ खराब देखिएको टिप्पणी गरे ।

प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै सीजेपीले आज दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्दैछ ।