१२ मंसिर २०८३, शनिबार

दिल्लीमा प्रदर्शन सुरु हुँदै : चर्चित युट्युबर ध्रुव राठी पक्राउ, केही स्थानमा इन्टरनेट बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी)ले आज राजधानी नयाँ दिल्लीमा बृहत् विरोध प्रदर्शन गर्दैछ ।

सीजेपी समर्थकहरूले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै दिल्लीको जन्तरमन्तर अहिले भेला हुन थालेका छन् ।

यसैबीच, दिल्ली प्रहरीले चर्चित युट्युबर ध्रुव राठीलाई उनको गुरुग्रामस्थित निवासबाट पक्राउ गरेको छ ।

सीजेपीले गरेको प्रदर्शनमा सहभागी हुन दिल्ली आएका उनलाई बिहानै प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिल्ली प्रहरी बिहान ७ः४८ बजे उनको घरभित्र प्रवेश गरेको थियो । ध्रुव राठीकी आमाले ढोका खोलेपछि प्रहरी भित्र गएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, अबेर राति उनको घरबाहिर करिब ५० जना प्रहरीहरू तैनाथ थिए ।

दिल्ली प्रहरीले गएरातिदेखि हालसम्म १५० जनालाई पक्राउ गरेको छ ।

दिल्लीका विभिन्न क्षेत्रहरूमा भारतीय सीमा सुरक्षा बलका जवानहरूसहित ३८ हजारभन्दा बढी सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।

नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेसनतर्फ जाने दुई सय ५० एक्सप्रेस रेलहरू आज बन्द गरिएको छ ।

राजधानीका सीमानाका विभिन्न स्थानमा प्रहरी जाँच भइरहेको छ ।

इन्डिया गेटको ४ किलोमिटरको घेराभित्र इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।