१२ मंसिर २०८३, शनिबार

पोखरा स्कुल बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्धारा दुःख व्यक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पोखरामा भएको स्कुल बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइते विद्यार्थीहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘पोखरा महानगरपालिका–२८ माझठानामा कालिका बोर्डिङ स्कूलका विद्यार्थी चढेको बस दुर्घटनामा परी विद्यार्थीको ज्यान गएको खबरले पीडा दिएको छ ।’ अध्यक्ष ओलीले लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दुर्घटनाले परिवारजनमा परेको यस अकल्पनीय पीडाप्रति गहिरो समवेदना व्यक्त गर्दछु । घाइते भएका विद्यार्थीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’