२८ आश्विन २०८३, बुधबार

स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बसमा २१ जना विद्यार्थी सवार थिए ।

उनीहरू परीक्षाको तयारीका निम्ति ट्युसन पढ्न जाँदै थिए । सबैजना कक्षा–१० का विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाइतेमध्ये १५ जनाको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ । तीन जनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ ।