काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका मतदान सुरु भएको छ ।
हिजो (बिहीबार) पटकपटक समय तय भएर पनि सर्दै आएको मतदान आज बिहानदेखि सुरु भएको हो ।
मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा बसेका छन् ।

७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
कांग्रेस निर्वाचन समितिले मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने र परिणाम सार्वजनिक गर्ने जनाएको छ ।
कांग्रेसको १५ औं महाधिवेशनले विधान संशोधन गर्दै केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।











प्रतिक्रिया