२८ आश्विन २०८३, बुधबार

युक्रेनमा रुसी आक्रमणबाट ३० जनाको मृत्यु, जेलेन्स्कीले गुहारे नेटो राष्ट्रहरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी कैयौं औद्योगिक संरचना र विद्युत केन्द्रहरूमा ठूलो क्षति पुगेको छ ।

आक्रमणबाट सबैभन्दा बढी क्षति चेर्निभ क्षेत्रको प्रिलुकीमा भएको छ । उक्त क्षेत्रमा भएको आक्रमणले पाँच तले आवासीय भवन ध्वस्त पारेको छ । यहाँ २२ जनाको मृत्यु र ५४ जना घाइते भएका छन् भने राजधानी किभमा चार जनाको ज्यान गएको छ ।

आक्रमणमा परी १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ब्यालिस्टिक क्षेप्यास्त्रहरू अझै पनि एक ठूलो चुनौतीका रूपमा रहेको बताएका छन् । ‘त्यसलाई रोक्नका लागि हामीसँग पर्याप्त प्याट्रियट क्षेप्यास्त्रहरू छैनन् ।’ उनले भनेका छन् ।

जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध प्रतिरक्षा गर्न नेटो राष्ट्रहरूसँग सहयोग मागेका छन् ।

यस्तै, जेलेन्स्कीले आक्रमणको कडा जवाफ दिनुपर्ने पनि बताएका छन् । उनले रुसले डोनबास क्षेत्रमा जनजीवन नष्ट गर्न खोजेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

आक्रमणबारे मस्कोले हालसम्म कुनै टिप्पणी गरेको छैन ।