काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित चपलीबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ चिनियाँ नागरिकले भाडामा लिएको घरबाट ठूलो परिणाममा सुन बरामद गरेको हो ।
सुन ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना नेपाली महिला पनि रहेको कार्यालयले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरूबारे जानकारी दिने प्रहरीले जनाएको छ ।













प्रतिक्रिया