१२ मंसिर २०८३, शनिबार

अभिजीत दीपकेको आरोप– ‘मोदीले लोकतन्त्रको हत्या गरे, भोट चोरे’, प्रकाश राज र ध्रुव राठीले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रधानमन्त्री नरेन्द्र मादीमाथि गम्भीर आरोप लगाएका छन् ।

मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर)विरुद्ध बिहीबार बेंगलुरुको फ्रिडम पार्कमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै दीपकेले प्रधानमन्त्री मोदीमाथि लोकतन्त्रको हत्या गरेको र भोट चोरेको आरोप लगाएका हुन् ।

एसआईआर प्रक्रियामा सरकार र निर्वाचन आयोगको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै उनले यस विषय लोकतान्त्रिक अधिकार र निर्वाचन प्रक्रियाका लागि गम्भीर चिन्ताको विषय भएको बताए ।

दीपकेका अनुसार यो आन्दोलनको उद्देश्य केवल प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्नु मात्र होइन । यदि ज्ञानेश कुमारले पदबाट राजीनामा दिए पनि उनको ठाउँमा अर्को व्यक्तिलाई नै नियुक्त गरिनेछ । आफूहरूको मुख्य माग एसआईआर प्रक्रिया खारेज गर्नु हो ।

दीपकेले ज्ञानेश कुमारको भूमिकाबारे छानबिन गरिनुपर्ने र उनीविरुद्ध कानुनी कारबाही गर्नुपर्ने माग गरे ।

यस्तै, चर्चित युट्युबर ध्रुव राठीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाए ।

उनले आफू यहाँ सरकार परिवर्तनका लागि नआएको भन्दै निर्वाचन आयोगमा पारदर्शिता र जवाफदेहिताको पूर्ण अभाव रहेको टिप्पणी गरे ।

यसैगरी, वरिष्ठ अभिनेता समेत रहेका सामाजिक अभियन्ता प्रकाश राजले एसआईआर प्रक्रिया खारेज गर्न माग गरे ।

उनले यो मतदाता सूचीबाट नाम हटाउने सामान्य प्रक्रिया मात्र नभई नागरिकको मर्यादा र अधिकारमाथिको प्रहार भएको बताए ।

उनले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहको निर्देशनमा काम गरिरहेको आरोप लगाए ।