काठमाडौं । आइसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । पुरुष एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको छ । दुवै टोलीको समान २८ रेटिङ छ ।
नेपालभन्दा अघि अमेरिका १५ औं स्थानमा छ । नेपालभन्दा पछाडि नामिबिया १७ औं स्थानमा छ ।
एकदिवसीय विश्व वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने न्यूजील्याण्ड दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौं स्थानमा छ ।











प्रतिक्रिया